नवलपरासीको लुम्बिनी चिनी उधोग एक हप्तामा बन्द हुने उखु किसान चिन्तामा

सहबान अन्सारी

नवलपरासी, फागुन २३ । नवलपरासीको सुनवल स्थित लुम्बिनि चिनी उधोग एक हप्ता भित्र उखु क्रसिङग बन्द गर्न बुधवार सुचना जारी गर्दै चेतावनी दिएको छ । उक्त मिल माघ २९ गते देखी संचालनमा आएपनि मिलले बिभिन्न समस्याहरु जस्तै मेसीनरी संयन्त्रहरुको अवस्था तथा केही स्टेशनमा दक्ष कामदारहरुको अभावको कारण उधोग संचालनमा धेरै अवरोध आएको तथा आपुर्ती हुने उखु बासी,माटो झारपात रहेकोले प्रोसेस संचालनमा समेत कठीनाई उत्पन्न भई हासील हुने प्रतिलब्धी उखु क्रसिङ्गको अनुपातमा न्युन रहेकोले उधोगमा लाग्ने खर्चहरु यस किसिमको संचालनले धान्न नसक्ने साथै बिगतका बर्षहरुमा समेत उधोगलाई धेरै नै घाटा हुन गएकोले संचालन गर्नु भन्दा उधोगको क्रसिङ्ग नै बन्द गर्न उल्लेखित सुचना मार्फत जनाएको छ ।


साथै बढीमा सात दिन भित्र मिल गेटमा उखु आपुर्ती गर्नु हुन उखु कृषकहरुलाई अनुरोध गरेको छ ।उक्त मिलले जारी गरेको सुचना प्रति उखु उत्पादक कृषक समिति नवलपरासीले आपत्ती जनाएको छ ।
किसानहरुलाई दबावमा राख्न खोजेको जस्तो अनुभुती भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो ।
साथै मिल संचालकले प्रबिधिक कारण देखाएर मिल बन्द गरे उक्त मिलको अन्तिम सिजन हुने यादवले बताऊनु भयो ।
यो बर्ष समयमा मिल संचालन नभएको हुदाँ किसानहरु निकै समस्या भोग्नु परेको थियो। मिल संचालनमा करिब दुई महिना ढिलाई भए पनि जेनतेन संचालनमा आएपनि मिल बन्द हुने अवस्थामा पुगेपछि फेरी किसानहरु समस्यामा पर्ने संभावना देखीएको हुदाँ किसानहरु चिन्तित भएका छ ।
जिल्लामा अवस्थित ४ वटा चिनी उधोग मध्ये एक सुनवल चिनी उधोग पर्दछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology