जिल्ला भलिबल संघ रुपन्देही ५ नं प्रदेश स्तरीय भलिबलको फाईनलमा, आज फाइनल खेल हुदै

बुटवल, २४  फागुन । बुटवलमा जारी छैठौं मणिमुकुन्द कप ५ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा जिल्ला खेलकुद विकास समिति रुपन्देही प्रबेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाईनल खेलमा जिल्ला खेलकुद विकास समिति पाल्पालाई ३–० को सोझो सेटले पराजित गर्दै रुपन्देही फाईनलमा प्रबेश गरेको हो ।

त्यस्तै शुक्रबार आज दोस्रो सेमिफाईनल खेल अन्तर्गत जिल्ला खेलकुद विकास समिति नवलपरासी र जिल्ला खेलकुद विकास समिति गुल्मीका बीच प्रतिस्पर्धा हुने आयोजनक मणिमुकुन्द भलिबल क्वलले जानाकारी दिएको छ । यी दुई टिमबाट विजेता बन्नेले फाईनलमा जिल्ला खेलकुद विकास समिति रुपन्देही संग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार, द्धितिय हुनेले टिमले ७७ हजार , तृतीय हुनेले नगद ४४ हजार प्राप्त गर्नेछन भने सान्त्वना हुने टिमले नगद २२ हजार पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन । त्यस्तै अन्य बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यावस्था गरिएको क्लबका अध्यक्ष मिलन रानाले जानाकारी दिए ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology