देवदह उपप्रमुख द्वारा अक्षयकोष स्थापना

बुटवल, २६ फागुन । देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरेकि छिन् । देवदह नगरपालिका वडा नंं ६ मा रहेको सत्यसाही विद्या पिठमा उपप्रमुख गुरुङले जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गरेकि हुन ।

दलित, विपन्न परिबारका बालबालिका अध्ययान गर्ने उक्त विद्यालय चेरीटेबल ट्रस बाट सञ्चालित छ । उपप्रमुख गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक ३० हजार बाट अक्षयकोष स्थापना गरेकि हुन । पाँच बर्षमा ५० लाख बनाउने योजना अनुसार अक्षयकोष स्थापना गरेको उनले जानाकारी दिईन ।
“विद्यालय र विद्यार्थीको अवस्था हेरेर यो अभियानको थालनी गरेकी हुँ, आफैले सूरु गरेपछि अन्य सहयोगीहरु पनि अक्षयकोषमा सामिल हुन सक्नुहुन्छ” उनले भनिन् ।


एक व्यक्ति एक घर मार्फत बार्षिक ३ सय ६५ रुपैया संकलन गर्दै अक्षयकोषलाई बृद्धि गर्ने योजना उनको रहेको छ । चेरीटेबल ट्रसका अध्यक्ष खेमनारायण अधिकारीले अक्षयकोष स्थापना पछि विद्यार्थीहरुका आधारभुत आवश्यकता पुर्ति हुने बताए । “उपप्रमुखले यो अभियान सुरु गर्नुभएको छ, यसमा सवैले साथ दिएमा पाँच बर्षमा ५० लाख पुराएका ग्राहो छैन” उनले भने ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology