सुर्यालाईफ ईन्स्यारेन्सले गर्यो दाविरकम भुक्तानी

सदिक्षा गैरे
कावासोती २७ फाल्गुन । सुर्यालाईफ इन्स्योरेन्स कावासोती शाखाले मृतकको परिवारलाई आज एक लाख ४० हजार ५० रुपैया दाविरकम भुक्तानी गरेको छ ।


कम्पनी अन्तर्गत कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना (सहज), नारायणगण शाखा प्रमुख उर्मिला ढकाल, एजेन्सी म्यानेजर के.वि राना, हरि प्रसाद अधिकारी लगायतको उपस्थितीमा स्वर्गिय समिर महोतोको वुवा महोन प्रसाद महातोलाई सो दावि रकम हस्तान्तरण गरिएको हो ।
१४ वर्षिय महतोको गत मंसिर १८ गते चितवन मेडिकल कलेजमा मृत्यू भएको थियो । उनी बिगत केही समय देखि बिमारी थिए ।
कम्पनिले विमाङ्क रकम १ लाख र बोनस गरि जम्मा रु एक लाख ४० हजार ५० रुपैया दावि रकम हस्तान्तरण गरेको कावासोती शाखा प्रमुख टोप बहादुर रानाले जानकारी दिनु भयो । कम्पनीको कावासोती शाखा ले बिमा दाबी रकम तत्काल उपलब्ध गराउदै आएको छ । एक दशक भन्दा बढी समय देखि कावासोतिमा सेवा प्रदान गर्दै आईरहेको सुर्या लाईफ ईन्सोरेन्स को कावासोतीमा सयौ ग्राहकहरु रहेका छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology