बुटवल–५ को वडा कार्यालय भवन उद्घाटन

बुटवल, फागुन २७ । बुटवल उपमहानगरपालिकाको वडा नं. ५ को सुविधासम्पन्न वडा कार्यालय निर्माण भएको छ । बुटवल–५, हाटबजारस्थित वडा कार्यालय भवनको सोमबार एक समारोहका बीच नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो ।

त्यसक्रममा प्रमुख सुवेदीले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गर्न वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिंदै वेथितिका विरुद्ध खवरदारी गरिरहन वडाबासीहरुमा आग्रह पनि गर्नुभयो । प्रमुख सुवेदीले वडा कार्यालयहरुलाई सेवाकेन्द्र सरहको बनाउने गरि तयारी भइरहेको बताउनुभयो ।
३५ लाख २० हजार एक सय ४९ रुपैयाँ बराबरको लागतमा वडा कार्यालय भवन निर्माण भएको वडा अध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । वडा कार्यालय भवन हाटबजार क्षेत्रमा रहेको व्यवसायिक सटर घरको माथि व्यवस्थित तला थप गरेर निर्माण गरिएको छ । वडा कार्यालय भवन उद्घाटनका अवसरमा उपप्रमुख गुमादेवी आचार्य, वडा–४ का अध्यक्ष टंकप्रसाद पराजुली, वडा–६ का अध्यक्ष जगदिशचन्द्र आचार्य, नेकपाका नेता जलिल मिया, सिद्धार्थ क्याम्पसका प्रमुख बाबुराम पाण्डे, स्थानीय नागरिक अगुवा महेन्द्र श्रेष्ठ, मुस्लिम अगुवा जबूल मिया, राप्रपाका नेता रामप्रसाद बराल, हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबहादुर जिसी र शिवालय मन्दिरका यादव गिरीलगायतले बोल्दै सेवाप्रवाहलाई छिटो छरितो र सहज बनाउन आग्रह गर्नुभयो ।

विभिन्न व्यक्तित्वहरु सम्मानित

वडा नं. ५ ले भवन उद्घाटनकै अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । तेक्वान्दो खेलाडी राजिवसिंह क्षेत्री, उपभोक्ता समितिका कृष्णबहादुर विक, सचेतनाका कार्यक्रम सञ्चालन गरेको भन्दै राधाकृष्ण युवा क्लवका सुमित खनाल, ज्येष्ठ नागरिक ९१ वर्षीय शोभाखर गैरे, सचेतना अभियान सञ्चालन गर्ने महिलाहरुको तर्फबाट शान्तिश्री महिला समूहका अध्यक्ष खेमकुमारी राना, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष वेदप्रकाश ज्ञवालीलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष तेजप्रसाद विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जनप्रतिनिधि यम बराल र सञ्चालन वडा सचिव रामप्रसाद खनालले गर्नुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology