बुटवलको कालिकानगरमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा निष्कृय ( १५ फोटो / भिडियो )

बुटवल, ३० फागुन । बुटवलको कालिकानगरमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्कृय पारेको छ । विहान ७ बजे भेटिएको उक्त बस्तुलाई सेनाले दुई घण्टाको प्रयास पछि निष्कृय पारेको हो ।

शंकास्पद बस्तु निष्कृय पार्दा ठुलो आवाज आएको थियो । २२ नं. बाहिनीको टोलीले शंकास्पद बस्तु डिस्पोजल गरेको हो । स्पीड ब्रेकिङको माथी गिलास आकारमा कालो टेप लगाएर तार देखाई शंकास्पद बस्तु राखिएको थियो ।

डिस्पोजल टोलीले सानो बम भएको हुन सक्ने बताएको छ । यता विप्लवको बन्दका कारण बुटवलमा आशिंक प्रभाव परेको छ । अतिआवश्यक सवारी साधनहरु निर्वाध चलिरहेका छन् । त्यस बाहेक बजार, उद्योग कलकारखाना, विद्यालय भने पुर्ण रुपमा बन्द छन् । सडकमा मोटरसाईकल, कार लगाएका साना सवारी चलेका छन् भने ठुला सवारी फाट्फुट् चलेका छन् ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology