मन्त्रीले गरे “गुल्मी”को रोइलागीत बिमोचन

बुटवल, १ चैत । गुल्मीको समग्र चिनारी झल्केको रमाइलो रोइला गीत “गुल्मी” सार्बजनिक भएको छ । बुटवलमा सम्पन्न एक कार्यक्रमका बीच प्रदेश नं. ५ का सामाजीक बिकाश मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन् । “गुल्मी” बोलको रोइला भाकामा ल्याइएको सो गीतलाई समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ ।


लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पनको रुपमा काम गर्ने भएकाले जनता लाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव छ । गीत बिमोचन कार्यक्रममा बोल्दै उनले देशको पर्यटकिय धार्मिक तथा सास्कृतिक परम्पराको चिनारी दिने खालका गीतले समाज परिबर्तान्मा ठुलो भूमिका खेल्ने बताए ।
“गुल्मी” बोलको रोइला गीतलाई आकाश दर्पण क्रियशनले बजारमा ल्याएको हो भने गीतमा दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ । प्रेमराज खरेल र दीपक परियारको शब्दमा दिपक स्वयम्ले संगीत भरेको सो रोइला गीत “गुल्मी”को म्युजिक भिडियोलाई रबिन बिक र रमेश रसाइलीले सम्पादन गरेका हुन् ।
बिजय पोख्रेलले क्यामेरा घुमाएको सो गीतमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फोरएस मिडियाको निर्माणमा रहेको गीतको निर्देशन शिव बिकले गरेका छन् ।
चचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा सम्पन्न बिमोचन कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठ, प्रमुख अतिथि प्रदेश नं. ५ का सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल , गीतकार शिव पी सुबेदी, गायक दिपक परियार, लगायतले बोलेका थिए । सो बिमोचन कार्यक्रमको संचालन मोहन न्यौपानेले गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology