Trending
भारतीय नक्साको बिरोधमा जनमुक्ति पार्टीद्धारा बुटवलमा बिरोध प्रदर्शन - – बुटवल अनलाइन

सीमाको सूरक्षा गर्न नसके सरकारमा बस्ने अधिकार छैन—महासचिब सुर्यबंसी
बुटवल, ३० कार्तिक । नेपालको भूमी समेत समाबेश गरेर भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले शनिबार बुटवलमा बृहद बिरोध जुलुस तथा खबरदारी सभा सम्पन्न गरेको छ ।



राष्ट्रिय जनमुक्ति पार्टी ५ नं प्रदेश परिचालन समितिको आयोजना र रुपन्देही जिल्ला कार्य समितिको व्यवस्थापनमा आयोजित सभालाई संबोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशब सुर्यबंसी मगरले आफ्नो देशको सीमाको रक्षा गर्न नसक्नेहरुलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताए ।

आफ्नो देशको सीमा मिचिदा समेत सरकार चुप लागेर बसेको भन्दै उनले सीमा मिचिदा समेत चुप लागेर बस्नेहरुलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिक अधिकार नभएको बताए । सार्वभौम मुलुकको सीमा मिचिएको बिषयमा बिज्ञप्तिमा सहि गर्ने बेलामा नेपाल सरकारको कलमको मसि सकिएको व्यङ्य गर्दै महासचिब सुर्यबसीले दुई तिहाईको बर्तमान सरकारले सीमाको सूरक्षा गर्न सक्दैन भने जनमुक्ति पार्टी मकै र सातु बोकेर सीमानमा नेपाली झण्डा गाड्न जान तयार रहेको बताए ।

भारतले अहिले मिचेको नेपाली भूभाग माल्दीप्स र पर्यटकीय देश माल्टा भन्दा ठुलो भूभाग रहेको भन्दै उनले मुलुकको सार्वभौमसत्ता जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको बिचार व्यक्त गरे । ५ नं प्रदेशबाट पहाडी जिल्ला टुक्राउदा बुटवलमा लाखौं जनता सडकमा उत्रिएको स्मरण गराउदै उनले एउटा देश बन्न सक्ने नेपाली भूमी मिचिदा जुन किसिमले नेपाली जनता सडकमा आउनु पथ्र्यो त्यसरी सडकमा नआएकोमा उनले आस्चर्य प्रकट गरे ।

जुनसुकै मुलुकको सेनाले पनि आफ्नो मुलुकको सीमाको सूरक्षा गर्ने गरेको उदाहरण दिदै महासचिब सुर्यबंसीले नेपाली सेनाबाट सीमा सूरक्षा बाहिनी गठन गरेर सीमाको सूरक्षा गर्ने जिम्मेवारी दिनुपर्ने आबस्यकता औल्याए । तिन बर्ष अगाडीनै तयार भएको नेपालको नक्सा जारी नगर्दा भारतले अहिले नेपाली भूमी सहितको आफ्नो नयाँ नक्सा जारी गर्ने आट गरेको भन्दै उनले तिन बर्ष अघि तयार भएको नेपालको नक्सा जारी गर्न सरकारसँग माग गरे ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ का अध्यक्ष झम बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सो पार्टीका केन्द्रिय उपाध्यक्ष डा.हाजी महमद हसन,पार्टीका केन्द्रिय सचिब मनिराम चौलागाई,राष्ट्रिय महिला मोर्चाका केन्द्रिय अध्यक्ष होमाया गुरुङ,पार्टीका संघीय परिषद सदस्य गिता सारु,पूर्ब सैनिक संगठनका केन्द्रिय अध्यक्ष भिम बहादुर राना,जनमुक्ति युवा महासंघका प्रदेश अध्यक्ष डिबी थापा लगायतले बोल्दै बाहिर राष्ट्रवादको खोल ओढेको दुई तिहाईको बर्तमान सरकारले भित्र भित्रै राष्ट्र घात गरेको भन्दै सीमा बिवादबारे तत्काल भारतीय पक्षसँग कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश सह सचिब चित्र बहादुर गुरुङले गरेका थिए । यस अघि बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बिरोध जुलुस मिलनचोक,अस्पताललाइन हुँदै ट्राफिक चोकमा पुगेर खबरदारीसभामा परिणत भएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार