बुटवल । कहिलेकाहीँ जीवनमा खुसी खोज्दै हिँड्नुपर्दैन, सामान्य निर्णयले नै जीवनमा सोच्दै नसोचेको खुसी ल्याइदिन्छ। सरस्वती खनाल रायमाझीका लागि पनि एउटा सामान्य दिन र स्कुटर किन्ने निर्णय जीवनकै अविस्मरणीय क्षण बन्यो। पुरानो स्कुटर साटेर नयाँ स्कुटर किन्ने निर्णय गरेकी उनले खरिद गरेको केही क्षणमै डिजिटल लक्की ड्रमार्फत १० लाख रुपैयाँ जितिन्। सुरुमा त उनलाई आफ्नै भाग्यले यति ठूलो खुसी दिएको विश्वास गर्नै गाह्रो भयो।

तिलोत्तमा नगरपालिका–८ की सरस्वती खनाल रायमाझीले गत कात्तिक १८ गते बुधबार बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्स बुटवल प्रालिबाट यामाहा रे–जेडआर १२५ हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत डिजिटल लक्की ड्रमार्फत उनले १० लाख रुपैयाँ जित्न सफल भएकी हुन्।
रोचक त के छ भने सरस्वती त्यस दिन स्कुटर किन्न भनेर शोरुम पुगेकी थिइनन्। उनका श्रीमान् अजयकुमार रायमाझी मोटरसाइकल किन्न शोरुम पुगेका थिए। यसअघि होन्डाको साइन मोटरसाइकल प्रयोग गर्दै आएका अजय नयाँ मोटरसाइकल किन्ने सोचमा थिए। उनलाई यामाहाको मोटरसाइकल किन्न सुझाव दिने व्यक्ति थिए, उनका साथी प्रकाश गौतम। प्रकाशले विगत तीन वर्षदेखि यामाहाको एफजेड भीथ्री मोटरसाइकल प्रयोग गर्दै आएका थिए। साथीको सुझावपछि अजय यामाहा शोरुम बाइकर्स बुटवल पुगेका थिए।
मोटरसाइकल किन्ने सोच बनाएर शोरुममा पुगेका उनलाई आफ्नो साथि प्रकाश गौतमले भने झैं यामाहाको मोटरसाइकल चित्त बुझ्यो र नयाँ मोटरसाइकल किन्ने निर्णय गरे। मोटरसाइकल फाइनान्सको प्रक्रिया बाट लिने पक्का पक्कि भयो तर मोटरसाइकल खरिद गर्दा गरिने फाइनान्सको प्रक्रियाका लागि आवश्यक पर्ने कागजातमध्ये घरको पानी तथा बिजुलीको बिल पनि चाहिने भएपछि उनले श्रीमती सरस्वतीलाई उक्त बिल लिएर शोरुम आउन आग्रह गरे ।
श्रीमान्ले भनेअनुसार सरस्वती घरबाट पानी तथा बिजुलीको बिल लिएर आफूले प्रयोग गर्दै आएको पुरानो स्कुटर चढेरै शोरुम पुगिन्। त्यही क्रममा अजयले उनलाई पुरानो स्कुटर पनि एक्सचेन्ज गरेर नयाँ लिन सुझाव दिए। पुरानो स्कुटरको मूल्याङ्कन गर्दा उचित मूल्य पाएपछि सरस्वती पनि श्रीमान अजयको को पटक पटकको आग्रहलावी स्वीकार गरेर पुरानो स्कुटर साटेर नयाँ किन्ने निर्णयमा पुगिन्।

यसरी एकै दिन श्रीमान्–श्रीमती दुवैले यामाहाका नयाँ सवारीसाधन खरिद गरे त्यो पनि फाइनान्समा । अजयले नयाँ मोटरसाइकल र सरस्वतीले पुरानो स्कुटर एक्सचेन्ज गरेर नयाँ स्कुटर पनि फाइनान्स सुविधामै लिए। तर, उनीहरूलाई थाहा थिएन, सामान्य रूपमा सुरु भएको त्यो खरिद प्रक्रिया केही क्षणमै १० लाख रुपैयाँको खुसीमा परिणत हुँदैछ।
नयाँ स्कुटर खरिद गरेपछि गरिएको डिजिटल लक्की ड्रमा सरस्वतीको नाममा १० लाख रुपैयाँको पुरस्कार पर्यो। सुरुमा उनलाई यो खबर पत्यार नै लागेन। ‘साँच्चै १० लाख परेको हो र ? यस्तो पनि हुन्छ होला र ?’ भन्ने लागेको अजयकुमार रायमाझीले बताउछन ।
तर, त्यसै बेला उतिनै बेला सरस्वतीको मोबाइलमा ‘बधाई छ, तपाईंले १० लाख रुपैयाँ जित्नुभएको छ’ भन्ने सन्देश आएपछि मात्रै उनलाई विश्वास लाग्यो। त्यसपछि भने उनी र उनका श्रीमान् अजयको खुसीको सीमा रहेन।
पुरानो स्कुटर साटेर नयाँ स्कुटर किन्ने निर्णय गरेकी सरस्वतीका लागि त्यो दिन केवल नयाँ सवारीसाधन घर भित्र्याउने दिन मात्र बनेन, बरु १० लाख रुपैयाँको अप्रत्याशित खुसी हात पार्ने दिन पनि बन्यो।

बाइकर्स बुटवल प्रालिका सञ्चालक पुरण अधिकारी पनि आफ्नो शोरुमबाट ग्राहकले १० लाख रुपैयाँ जित्दा निकै खुसी भएका छन्। उनका अनुसार यसअघि दुई वर्षअघि पनि बाइकर्स बुटवलबाटै एक जना ग्राहकले १० लाख रुपैयाँ पुरस्कार जितेका थिए। दुई वर्षपछि पुनः सोही शोरुमबाट अर्को ग्राहकले १० लाख रुपैयाँ जित्दा ग्राहकसँगै आफूलाई पनि उत्तिकै खुसी लागेको उनले बताए।
त्यस्तै, बाइकर्स बुटवल प्रालिका रिजनल म्यानेजर विवेक सिंघारले यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान अझै जारी रहेको बताए। यस अभियानले धेरै ग्राहकलाई यामाहाका सवारीसाधन खरिद गरी सहभागी हुने र आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको उनको भनाइ छ।






