
भरतजंग क्षत्री
बुटवलको ब्यस्त शहरमा एक जना एउटा यस्ता महान ब्यक्ति हुनुहुन्छ जस्ले अरुको लागि खटिरहनु भएको छ । चिनजान भएको धेरै समय भएको छैन । म पनि अलिअली सामाजिक काम गर्ने भएकाले सामाजिक संजाल मार्फत केही चिनजान गरेर बुटवलमा उहाँलाइ भेटन पाए र उहाँ सफल ब्यबसायी साथै उत्कृष्ट सामाजिक अभियान्ता हुनुहुँदो रहेछ । साच्चिकै मानिस भएर जन्मेपछी आफ्नो लाई मात्रै नसोचेर अरुलाइ पनि साथ सहयोग गरेर एउटा मानवीय उत्तरदायित्व पूरा गर्नु पर्छ भन्ने सोच मेरो मात्रै नभएर सबैको होला र हुन्छ पनि ।
बुटवल कै ब्यस्त शहरमा एकजना ब्यक्ति रक्तदाता खोज्न शहरको गल्ली गल्लिमा अहोरात्र खटिरहेको देख्दा मेरो मनमा धेरै कुराहरु खेलिरहे र उहाँ हुनुहुन्थ्यो सामाजिक अभियान्ता नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला कार्यसमिति सदस्य,जागृति युवा क्लव तिलोत्तमाका निवर्तमान अध्यक्ष,विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरिसक्नुभएका,युवा व्यवसायी,मृदुभाषी,सामाजिक कार्यमा सधै अग्रसर हुने,रगत व्यवस्थापनको लागि अहोरात्र खट्नुहुने मेरो आदरणीय अग्रज ,दाइ अर्जुन पौडेल हुनुहुन्थ्यो ।
प्रीय अर्जुन दाइ सामाजिक कार्यमा यसैगरी सधै अग्रसर रहनु । के–मीठो के–नयाँ को–आफ्नो को–बिरानो सबै कुराहरु भुलेर अस्पताल का शैयामा मृत्युुसंग लडिरहेका बिरामीहरुको सेवामा समपिर्त हुने हेतुले बिश्वब्यापी नोवेल कोरोना भाइरसले आक्रमण गरिरहेको बखतमा पनि निरन्तर रगत ब्यबस्थापन त्यो पनि आफ्नै सभारी साधनहरु सदुपयोग गरि खटिएको देख्दा वास्तविक भगवान देखेको महशुस म गर्दथे ।
हामी पनि विभिन्न किसिमका अभियानहरु चलाएर सामाजिक काम गर्छौ तर तपाइँ जस्तो प्रत्यक्ष मानवीय कार्य गरेको देख्दा तमाम युवाहरूलाई प्रेणा मिलेको छ । रमाइलो गर्ने डुल्ने उमेरमा अरुको सेवामा समपिर्त भै महान कार्य गर्नु भएको छ
। तपाईंले यता गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीले दिनदुखी र प्राकृति प्रकोपले ठगिएका र घरपरिवारको साहराबाट बन्चित भएका मानिसहरुलाइ खाना खुलाउने कार्यक्रम गर्दै आएका थियौं, त्यो कार्यक्रमहरुमा पनि तपाइको साथ सहयोग अतुलनीय छ ।

साच्चिकै मरि लानु के नै छ ? दाजु अर्जुन पौडेलले आज जसरी एउटा महान कार्य गर्नु भएको छ ,उहाँको कार्यले म जस्ता तमाम युवाहरूलाई प्रेरणा मिल्दछ र के था हामी पनि भोलीका दिनहरुमा कस्तो जीवन बिताउन पर्ने हो , तसर्थ बाचुन्जेल घमण्ड रिस राग स्वार्थ त्यागेर एउटा मानबिय उत्तरदायित्व पुरा गर्न देशका हरेक नागरिक हरु लागि पर्नु पर्छ । जसरी रगत अभाव भएका बिरामीहरु लाई खोजीखोजी सहज बाताबरण गर्दिनुहुन्छ ।
त्यो काम अब दाजु पछिका हामी जस्ता हजारौं युवाहरूले हरेक ठाउँमा सबै–सबैलाइ आफ्नै सँम्झेर मानबले गर्न पर्ने कर्तव्य निरन्तर दिनु पर्छ र दाजुको यो महान कार्यलाई म र मेरो सस्था गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देही उच्च सम्मान सहित सलुट गर्दछौ । आजको जन्मदिनले थप जोश जागर मिलोस । जन्मदिनको लाखौ शुभकामना दाइ । उही तपाईको शुभचिन्तिक भरतजंग क्षत्री






