Trending
बुटवल उपमहानगरपालिकाको मतगणना स्थलमा फलामको बार - – बुटवल अनलाइन

बुटवल,  बुटवल उपमहानगरपालिकाको मतगणना स्थलमा सिसि टिभी र फलामको तारजाली लगाइएको छ ।



वैशाख ३० मा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको बुटवल उपमहानगरपालिकाका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए । बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।

उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ ।  त्यस्तै  मतगणना स्थलमा ८ वटा सिसिटिभी जडान गरिएका छन् ।

बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता रहेका छन् ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार