Trending
बुटवल गार्डियन्स ०७९ ले सुरज पाण्डेलाई समर्थन गर्ने घोषणा - – बुटवल अनलाइन

बुटवल, १६ फागुन।
बुटवलमा सामाजिक कार्यमा सक्रिय संस्था बुटवल गार्डियन्स ०७९ ले सुरज पाण्डे लाई समर्थन गर्ने निर्णय गरेको छ। पाण्डे उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार हुन्।


संस्थाले आज बुटवलमा आयोजित कार्यक्रममा पाण्डेका एजेन्डा विकासमुखी र जनमुखी रहेको निष्कर्षसहित औपचारिक रूपमा समर्थन जनाएको हो। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रविण मल्ल ठकुरीले पाण्डेले प्रस्तुत गरेका योजना र प्रतिबद्धता स्थानीय आवश्यकता अनुरूप रहेको बताए।
उपाध्यक्ष मोहन पाण्डेले सामाजिक रूपान्तरण, सुशासन र युवामुखी कार्यक्रमलाई प्राथमिकता दिएको भन्दै पाण्डेको पक्षमा उभिने निर्णय गरिएको स्पष्ट पारे। उनले क्षेत्र नं. २ को समग्र विकासका लागि सक्षम र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
समर्थन घोषणासँगै संस्थाले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई समेत पाण्डेलाई मतदान गर्न आह्वान गरेको छ। दुई सय बढी युवाहरु प्रवेश गरेका छ।



बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार