Trending
बुटवलमा पनि चल्यो डोजर (फोटो फिचर) - – बुटवल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाले वडा न ४ मा पर्ने उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडीको यी अतिक्रमित संरचनामा डोजर चलाएको छ ।


हिजो साँझ माइकिङ गर्दै घर–टहरा हटाउन आग्रह गरेपछि त्यहाका बासिन्दाले गएरातिदेखि नै सामान सार्न सुरु गरेका थिए।



सरकारी स्वामित्वको जग्गामा बनेका ८ वटा घरटहरामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी आइतबार डोजर चलाइएको हो ।

साबिकको कित्ता नं. ३९६ को २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो।

सङ्घीय सरकारले काठमाडौंका सुकुम्बासी बस्ती खाली गराउन शुरू गरेपछि रूपन्देहीमा पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न थालिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाउन सुरु भएकाे जानकारी दिनु भएको छ ।

फोटो फिचर 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार