Trending
बुटवल कृषि उपज थोक बजार केन्द्रमा डल्ले खुर्सानीमा विषादी भेटियो - – बुटवल अनलाइन

बुटवल । बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीम विषादी भेटिएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिकाबाट बिक्रीका लागि ल्याइएको खुर्सानीमा विषादी परीक्षण गर्दा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ४९.९१ प्रतिशत भेटिएको हो।



बुटवल उपमहानगरपालिका–६ स्थित कृषि उपज थोक बजार केन्द्रमा ल्याइएको ५० किलो डल्ले खुर्सानी परीक्षण गर्दा  विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए।

विषादीयुक्त उक्त खुर्सानीलाइ  बुटवल उपमहानगरपालिकासँग समन्वय गरी डम्पिङ साइटमा लगेर खाल्डो खनी नष्ट गरिएको छ ।

उनका अनुसार तरकारीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ३५ प्रतिशतभन्दा बढी देखिएमा तत्काल उपभोग गर्न नमिल्ने हुन्छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएको अवस्थामा केही दिन क्वारेन्टाइनमा राखी पुनः परीक्षण गरिन्छ। पुनः परीक्षण गर्दा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम देखिएमा मात्र उपभोग गर्न योग्य मानिन्छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी देखिएमा त्यस्तो तरकारी नष्ट गर्नुपर्ने प्रावधान रहेको उनले बताए।

बुटवल कृषि उपज थोक बजार केन्द्रमा दैनिक रूपमा बिक्रीका लागि आउने फलफूल तथा तरकारीमा विषादी अवशेष परीक्षण हुँदै आएको छ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार