Trending
मेहनती बचत तथा ऋण सहकारीद्वारा दुर्घटनामा ज्यान गुमाएका शेयर सदस्यका परिवारलाई २१ लाख बिमा रकम हस्तान्तरण - – बुटवल अनलाइन

बुटवल। मेहनती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूको सुख–दुःखमा साथ दिने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै दुर्घटनामा परी दुःखद निधन भएका दुई जना शेयर सदस्यका परिवारलाई बिमा योजनाअन्तर्गत प्राप्त कुल रु २१ लाख आर्थिक सहायता हस्तान्तरण गरेको छ ।


संस्थाको वार्षिक नीति तथा बजेट तर्जुमा कार्यक्रमको अवसरमा आयोजित विशेष कार्यक्रममा सहकारीका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थितिमा उक्त रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।
दुर्घटनामा ज्यान गुमाउनुभएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका पूर्व सल्लाहकार तथा सहकारीका शेयर सदस्य स्वर्गीय रुक्माङ्गत बस्यालको परिवारलाई रु। ११,००,००० एघार लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। उक्त रकममध्ये रु १०,००,००० सहकारी संस्थाको शेयर सदस्य बिमा योजनाबाट तथा रु १,००,००० नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्य बिमा योजनाबाट प्राप्त भएको हो ।



उक्त रकम उहाँकी धर्मपत्नी ढाका कुमारी बस्याललाई हस्तान्तरण गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष हुम वहादुर क्षेत्रीलले बताउनुभयो दुर्घटनामा निधन भएका सहकारीका शेयर सदस्य स्वर्गीय भद्र सिंह गुरुङको परिवारलाई सहकारी संस्थाको शेयर सदस्य बिमा योजनाअन्तर्गत प्राप्त रु १०,००,००० दस लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। उक्त रकम उहाँको परिवारका परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुर गैरैले बिमा योजनामार्फत प्रदान गरिएको आर्थिक सहयोगले परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै सदस्यको हित र सुरक्षालाई केन्द्रमा राखेर सहकारीले सञ्चालन गरिरहेको यस्तो कार्यक्रम अनुकरणीय र उदाहरणीय रहेको बताए।

सदस्यको जीवनमा आइपर्ने आकस्मिक विपत्तिमा समेत साथ दिने सहकारीको यो कार्यले सामाजिक उत्तरदायित्व र सदस्यप्रतिको उत्तरदायी भूमिकालाई थप उजागर गरेको उपस्थितहरूको भनाइ थियो।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार