बुटवल । बमघाट युवा क्लबको आयोजनामा तथा लुम्बिनी केबल कारको सहयोग र सहकार्यमा बमघाट क्षेत्रमा वृक्षारोपण गरिएको छ।

धुपी, पारिजात लगायत विभिन्न करिब ३०० प्रजातिका बिरुवाहरू रोपिएको हो। जसले बमघाट क्षेत्रलाई हरियाली, स्वच्छ र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
बमघाट युवा क्लबका सचिव विशाल घिमिरेको संयोजन तथा व्यवस्थापनमा गरिएको वृक्षारोपणमा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जैविक विविधताको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास गरे । त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल, बमघाट टोल विकास संस्था, चुरे वन उपभोक्ता समिति, गणेशस्थान खानेपानी संस्था, स्थानीय समाजसेवी, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।






