Trending
चलचित्र ‘नरसिंहा अवतार’को नयाँ पोस्टर सार्वजनिक - – बुटवल अनलाइन

बुटवल । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरुलाई स्थान दिइएको छ ।


दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक संजालमा सुपरहिट भइरहेको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रुचाएका छन् ।



यसैबिच, निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरुलाई स्थान दिइएको छ ।
निर्देशक तथा लेखक दिवाकर भट्टराइका अनुसार, यो पोस्टरले फिल्ममा कुन कलाकारहरुको गेटअप कस्तो छ भन्ने प्रष्ट पार्दछ ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।
क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार