Trending
अन्तर रोटयाक्ट, रोटरी क्लबस्तरीय भलिबलको तयारी पुरा - – बुटवल अनलाइन

बुटवल, २५ चैत । रोट्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा स्वर्गिय कमल राज पाठकको स्मृतिमा चैत २७ र २८ गते १३ औ संस्करणको अन्तर क्लबस्तरिय भलिबल प्रतियोगिता हुने भएको छ ।



रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत आपसी प्रेम विकास गर्ने उदेश्यका साथ क्लबस्तरिय भलिबल प्रतियोगिता गर्न लागिएको र त्यसको तयारि पुरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि रोट्याक्ट क्लब अफ बुटवल साउथ कावा अध्यक्ष सुलभ घिमिरेले बताएका छन् ।

देविनगरस्थित न्यू होराईजन भलिबल कोर्टमा हुने प्रतियोगितामा यस क्षेत्रका रोटरी, रोट्याक्ट गरि डेढ दर्जन क्लबहरुले भाग लिने उनले बताए। स्वर्गिय पाठकको परिवारबाट स्थापना गरिएको ५ लाख रुपैयाको अक्षयकोषको ब्याज र क्लबको ईन्ट्रीबाट प्रतियोगिता आयोजना गरिने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले रनिङशिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक रोशनी भण्डारीले बताईन। क्लबको सिग्नेचर प्रोजेक्टका रुपमा प्रतियोगिता रहेको उनले बताईन । प्रतियोगितामा १२ रोट्याक्ट र ५ रोटरी क्लब सहभागी रहने उनले बताईन। गतवर्ष रोटरी क्लब अफ ई मेडिकोफ्युजन तथा रोट्याक्ट मणिग्राम विजेता रहेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार