Trending
बुटवलमा बिहिबार विद्यालय स्तरिय तीजगीत प्रतियोगिता - – बुटवल अनलाइन

बुटवल । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको आयोजनामा अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता २०८३ को तयारी पुरा भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज तथा टेलिभिजनको १८ औं स्थापना दिवसको अवसरमा बिहिबार प्रतियोगिताको आयोजना गरिएको हो ।


संस्कृति संरक्षणमा शिक्षाको महत्व शिर्षकमा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष झपट बहादुर गुरुङ -जेभि)ले जानकारी दिनु भयो । बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने प्रतियोगितामा रुपन्देहीका १४ वटा विद्यालयको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।



प्रतियोगितामा कान्ति मावि, नवीन औद्योगिक कदर बहादुर रिता मावि , शान्ति नमुना मावि, नोवेल इन्भारोमेन्ट एकेडेमी तिलोत्तमा , लिटिल प्याराडाईज ईग्लिस स्कुल तिलोत्तमा, न्यू लुम्बिनी ईग्लिस बोर्डिङ् स्कूल देवदह, सन मोडेल ईग्लिस बोर्डिङ स्कुल कञ्चन, तिनाउ ईग्लिस बोर्डिङ् स्कूल ,न्यू होराईजन ईग्लिस बोर्डिङ सेकेण्डरी स्कूल , इन्टलक्च्युअल एकेडेमी, लक्ष्मी मावि, ज्ञान पुन्ज ईग्लिस बोर्डिङ् स्कूल ,एभरेष्ट ईग्लिस बोर्डिङ् स्कूल, ज्ञान गंगा पाठशालाले सहभागिता जनाएको कार्यक्रमका सह–संयोजक शेखर अर्यालले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार ,द्धितिय ३० हजार ,तृतिय १५ हजार र सान्त्वना ५–५ हजार रहेको कार्यक्रमका संयोजक बाबुराम अर्यालले जानकारी दिनु भयो । कार्यक्रमा बुटवल उपहानगरपालिका मुख्य संरक्षक , तिलोत्तमा नगरपालिका, देवदह , सिद्धार्थ नगर नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा हुने छ ।
१४ टीमका बिचमा हुने प्रतिस्प्रर्धामा यसोदा फुड्स प्रालि मुख्य प्रयोजक,अन्नपूर्ण एग्रो इन्टष्ट्रिज प्रालि, अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजक रहेका छन । प्रतियोगिता बिहान १० बजेबाट सुरु हुने छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार