Trending
गजल - – बुटवल अनलाइन
गजल

गुल्मी जिल्लाको अर्बेनीमा पिता स्वर्गीय दयाराम न्यौपाने र माता योगमाया न्यौपानेको कोख बाट जन्मिएका डी आर न्यौपाने सुर्य साहित्यमा रुचि राख्छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा स्थायी बसोबास भएका न्यौपाने हाल रोजगारिको शिलशिलामा दक्षिण कोरिया छन् ।



बिदेशी भुमिमा आफ्नो कर्म सकाइसकेपछि साहित्यिक रचना गर्ने उनको बानी छ । कबिता, गजल ,मुतmक गरि उनले अहिले सम्म ९०० को हाराहारीमा रचना गरेका छन् । बिदेशमा बसे पनि देशको चिन्ताले सताउने उनी बताउछन् । आगामी दिनमा छिट्टै बिभिन्न बिधाका रचना समेटेर पुस्तक प्रकााशन गर्ने उनको योजना छ ।

उनै रचनाकार डी आर न्यौपाने सुर्य ले दक्षिण कोरियाबाट बुटवल अनलाइर्नका लागी कोर्नु भएका यी चार गजल।

गजल १

कोही जग्गा जमिन हेरी कसैले ठूलो घर संग ।

धेरैले प्रेम साटेको देखें आफ्नै रहर संग ।।

 

हिजोको भद्र मान्छे नै अचेल पागल देखेको छु ,

यसैकारण डराएको हुँ मायाको असर संग ।।

 

के को आधारमा तिमी मलाई प्यासी हो भन्यौं ,

म कैले पो भोकाएको थिएँ तिम्रो अधर संग ।।

 

गलत के सत्य के केही नबुझ्ने मान्छेले मात्रै ,

सधैंभर् दुश्मनी राख्छन् अरुको जात र थर संग ।।

 

तिमी खुट्टा समाउ मैले शिखर पछ्याउँदै गर्छु ,

नसोचे सूर्य आजित हुन्छ जीवनको सफर संग ।।

गजल २

सोचेनन् नेताले जनता बारे सत्य यही हो ।।

राष्ट्र लुटे सम्पती थुपारे सत्य यही हो ।।

प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आखिर किन ,

आफ्नो सत्ता लिन जनता मारे सत्य यही हो।।

पख्नुस ठुलाको सिको गर्न हतार नगर्नुस्,

मै हुँ भन्नेले नियम बिगारे सत्य यही हो ।।

छिमेकको बिरोध गरि देशभक्त बन्नेहरु ,

अचेल भाुछन् उनैका सुसारे सत्य यही हो ।।

राष्ट्र सपार्छु भन्दै जो जो ले कुर्सी समाए ,

देशको मामिलामा सबै हारे सत्य यही हो ।।

गजल ३

सधैं बिदेश धाई धाई जवानी सकियो ।।

प्रियाको स्पर्श नपाई जवानी सकियो ।।

ज्यानलाई ज्यानको आवस्यकता रहेपनि,

च्याटमै रमाई रमाई जवानी सकियो ।।

बाबाको यै आग्रहले दिनहुँ झस्काइरहेछ ,

बाबू क्यै गर देशमा आई जवानी सकियो ।।

परिवार,आफन्त खुसी राख्न परदेश आए ,

कसैको चित्त नबुझाई जवानी सकियो।।

ए नारी हो कति रुप धनकै पछि दौडिन्छौ ,

बुझ कोही त सूर्यलाई जवानी सकियो ।।

गजल ४

चिप्लो नघस्नु नजीक आई समयले बताउनेछ ।।

को आफ्नो को हो पराई समयले बताउनेछ ।।

जा जा भन्यौं टेको दियौं माथी पुग्नुपर्छ भनी ,

ढाल्यौ फेद रुख चढाई समयले बताउनेछ ।।

आफ्नै मान्छे सम्झिएर सारा कुरा सुम्पिदिए ,

प्यासी रैछौ गयौं अघाई समयले बताउनेछ ।।

मलाई जस्तै तिम्लाई पनि उस्ले चोट दियो भने ,

कस्तो हुन्छ प्यारको दुखाई समयले बताउनेछ ।।

फूल चढाइ पाती चढाइ नमो सूर्य भन्यौ पहिले,

ग्रहण लाग्दा छोड्यौ मलाई समयले बताउनेछ।।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार