Trending
ट्राफिक जरिवाना को भुक्तानी अब इसेवाबाटै - – बुटवल अनलाइन

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतका कपिल्बस्तु , दाङ , रुपन्देही , अर्गाखाँची , गुल्मी र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) जिल्लाहरुबाट जारी भएका ट्राफिक जरिवानाको भुक्तानी अब इसेवा एपबाट सजिलै तिर्न मिल्ने भएको छ ।



इसेवा एपभित्र रहेको Govt. Payment मा गएर Traffic police fine payment भन्ने अप्सन छान्ने , ड्रपडाउन मा आर्थिक बर्ष, प्रदेश र जिल्ला छान्ने र अन्त्यमा आफ्नो चिट नम्बर राखेर भुक्तानी सम्पन्न गर्न सकिनेछ ।अनलाइन भुक्तानी सुचारु भएसङैँ सेवाग्राहीहरुले भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट छुटकारा मिल्नेछ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा पुर्याउनेक्रममा हाल इसेवाबाट आन्तरिक राजश्व कार्यालय, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, राहदानी , कन्सुलर सेवा विभाग लगायत अन्य विविध राजश्व रकम भुक्तानी गर्नमिल्ने ब्यबस्था छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार